logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

गृह प्रशासनले विदेश गएर परिवार पाल्छु भन्ने दुई युवाको हत्या गर्‍योः रवि लामिछाने

गृह प्रशासनले विदेश गएर परिवार पाल्छु भन्ने दुई युवाको हत्या गर्‍योः रवि लामिछाने


  • सोमबार, पुष १६ २०८०

  • काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा रोजगारी नपाउँदा विदेशमा गई कमाएर परिवार पाल्छु भन्ने युवाहरुको हत्या गृह प्रशासनले गरेको भन्दै सरकारको विरोध गरेका छन्।सोमबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको कमी कमजोरीका कारण बालकुमारीमा दुई जना युवाले ज्यान गुमाउनुपरेको जिकिर गरे।

    उनले सरकारले दुई युवाहरुको हत्या गरेको बताए। सरकार र गृहमन्त्रीमा नैतिकता नभेटिने टिप्पणी गरे। उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले झुटो बोलेको कुराबारे के हुन्छ? भन्दै प्रश्न गरे। उनले मन्त्री श्रेष्ठलाई भने, ‘तपाईं नेतृत्वको गृह प्रशासनले देशमा रोजगारी नपाउँदा विदेशमा गएर पेट पाल्छु, विदेशमा गई कमाएर परिवार पाल्छु, भन्ने आशा बाकेर गएका युवाको हत्या गर्नुभयो।’

    सभापति लामिछानेले नक्कली भूटानी शरणार्थी प्रकरणमा बिना कारण प्रहरी अधिकारीहरुलाई सरुवा गर्नु, प्रकरणमा मुसिएकाहरुलाई बयान नै नलिनुले गृहमन्त्री राजनीतिक संरक्षणमा रहेको पुष्टि भएको जिकिर गरे।


    सम्बन्धित समाचार थप

    लोकप्रिय