logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मोटरसाइकललाई ठक्कर दिएको भन्दै स्थानीयले जलाए बस

मोटरसाइकललाई ठक्कर दिएको भन्दै स्थानीयले जलाए बस


  • सोमबार, पुष ९ २०८०

  • काठमाडौँ । सिन्धुली बोहोरेटारमा मोटरसाइकललाई ठक्कर दिने बसमा स्थानीयले आगजनी गरेका छन् ।  रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको  बागमती प्रदेश–०१–००६ ख ४५९३ नम्बरको बस स्थानीयले जलाएको सिन्धुलीका एसपी राजकुमार सिलवालले  बताए । बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बा.६० प ३५४५ नम्बरको मोटरसाइकल चालक खोटाङ घर भएका २० वर्षीय सुसन राई र खोटाङको दिक्तेल नगरपालिका–१० घर भएकी १८ वर्षीया मुनाकला राई छन् ।

    बसमा आगजनी भएपछि सिन्धुलीका एसपी सिलवाल घटनास्थलमा जाँदै छन् । अहिले दुर्घटना स्थलमा इन्स्पेक्टर सविता के.सी. नेतृत्वको टिम परिचालन गरिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय