logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

आज पनि एकीकृत समाजवादीको सचिवालय बैठक बस्ने

आज पनि एकीकृत समाजवादीको सचिवालय बैठक बस्ने


  • शनिबार, पुष ७ २०८०

  • काठमाडौँ । नेकपाको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । पुस २ र ३ गते लगातार दुई दिन बसेको सचिवालय बैठकले पार्टीको महाधिवेशन मिति तय गर्नेदेखि विधान संशोधन मस्यौदामाथि छलफल गर्दै आएको छ । महाधिवेशन केन्द्रित विधान संशोधन, विधि, संरचना लगायतका बारेमा छलफल भइरहेको बताइए पनि सचिवालयले यी विषयलाई टुङ्ग्याउन सकेको छैन ।

    तीन गते बसेको सचिवालय बैठकले पूर्व निर्धारित केन्द्रीय परिषद् बैठक र अधिवेशनहरू स्थगित गर्ने निर्णय गरेका थियो । आज ११ बजेपछि बस्ने गरी स्थगित बैठक पार्टी कार्यालय आलोकनगरमा बस्दै छ । आजको बैठकमा पार्टीको तीन सदस्यीय मस्यौदा समितिले पेस गरेको विधानमाथि छलफल जारी रहने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय