logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

एसईई नतिजाको कारण चन्द्रागिरीमा एक किशोरीले गरिन् आत्महत्या!!!!जनचेतनाको लागि सक्दो सेयर गरिदिनुहोला। …

एसईई नतिजाको कारण चन्द्रागिरीमा एक किशोरीले गरिन् आत्महत्या!!!!जनचेतनाको लागि सक्दो सेयर गरिदिनुहोला। …


  • आइतबार, असार १५ २०७६

  • काठमाडौं चन्द्रागिरी नगरपालिका–१२ बलम्वु दुरसञ्चार नजिकै एसईई परिक्षाको नतिजाको कारण शनिबार दिउँसो एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छिन् ।
    अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका –७ घर भई चन्द्रागिरी १२ बलम्वु दुरसञ्चार श्री बलम्बु माविबाट यस वर्ष एसईई परिक्षा दिएकी सदीक्षा पौडेलले झुण्डिएर आत्महत्या गरेकी हुन् ।
    महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख शंकर खड्काका अनुसार एसईईमा ‘ए प्लस’ नतिजा नआएको भन्दै सदीक्षाले आत्महत्या गरेको हुनसक्ने रातोपाटीलाई जानकारी दिए ।
    बलम्वु माध्यामिक विद्यालयबाट पौडेलको एसईईमा ३.६ जिपीए आएको थियो । सदीक्षाको शव शिक्षण अस्पताल महाराजगञ्ज पोस्टमार्टमको लागि पठाइएको प्रहरीले बताएको छ ।
    पछिल्लो समय बालबालिकाहरुलाई एसईईको कारण ज्यान गुमाईरहेका छन् । स्कूलमा शिक्षक र अभिभावकहरुले आफ्नो बच्चाहरुलाई उचित परामर्श दिन नसक्दा यस्ता दुर्घटनामा वृद्धि भइरहेको इन्सपेक्टर खड्काले बताए ।
    बेलैमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।
    NEWS BY SHITALNEWS.COM


    सम्बन्धित समाचार थप

    लोकप्रिय