logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

‘दान्भी’को टिजरमा पूजाको एक्सन अवतार(टिजरसहित)

‘दान्भी’को टिजरमा पूजाको एक्सन अवतार(टिजरसहित)


  • बिहिबार, मंसिर २८ २०८०

  • काठमाडौं । फिल्म ‘दान्भी’को टिजर सार्वजनिक भएको छ । प्रदर्शन मिति तय नभएको फिल्मको टिजर नायिका पूजा शर्माको एक्सन अवतारलाई प्रस्तुत गरिएको छ ।

    लभ स्टोरी फिल्ममा जमिरहेकी पूजाको यो परिवर्तनले उनका फ्यानलाई उत्साहित बनाउने देखिएको छ । टिजरमा पूजासँगै नायक कुन्साङ बोमजन पनि प्रस्तुत छन् ।

    रुपेश तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा देव मगर, अनुप गडालको लगानी छ । पवन रानामगर कार्यकारी निर्माता रहेको फिल्ममा कमला लिम्बु, पन्च बहादुर तामाङ, श्रवण कुमार श्रेष्ठ सह–निर्माता हुन् ।

    यो फिल्ममा संजोग रानाको संवाद, हरि लामा ‘घले’को छायांकन, बन्दे प्रसादको सम्पादन, अर्जुन पोखरेल, नागेश जोशी, केदार राज नेपालीको संगीत, कविराज गहतराज र राहुल बराइलीको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन छ ।

    नवराज शर्मा मुख्य सहायक निर्देशक रहेको फिल्मका प्रोडक्शन हेड नेत्र विष्ट हुन् ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय