logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

जनकपुरधाममा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन

जनकपुरधाममा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन


  • मंगलबार, मंसिर २६ २०८०

  • काठमाडौँ ।विद्युत कार्यालयका कर्मचारीले सडकमा रोपिएका बिरुवा काटेपछि नेपालगञ्ज उपमहानगरपालिकाले प्रहरी र वनमा जाहेरी दिएको छ।नेपालगञ्ज उपमहानगरपालिकासँग समन्वय नै नगरी जिल्ला अदालत अगाडिका १६ वटा वयस्क रुख काटिएपछि नेपालगञ्ज उपमहानगरपालिकाले जिल्ला प्रहरी कार्यालय, बाँकेमा अपराधिक उपद्रवको जाहेरी दिएको हो।उपमहानगरपालिकाले वन कार्यालयमा पनि उजुरी दिएको छ ।

    विद्युत कार्यालयले तार व्यवस्थापनको नाममा नेपालगञ्ज उपमहानगरपालिकाले बडो मेहनत गरेर हुर्काएका रुख ठुटै हुने गरी काटेपछि मेयर प्रशान्त विष्ट आक्रोशित हुँदै विद्युत कर्मचारीविरुद्ध कारबाही प्रक्रियामा गएका हुन्।सार्वजनिक सम्पत्ति तोडफोड र तहसनहस गरिएको विषय भएकाले अपराधिक उपद्रवमा जाहेरी दिइएको छ।बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले नेपालगञ्ज उपमहानगरपालिकाले जाहेरी आएको र त्यसबारेमा अनुसन्धान गरिरहेको बताए।

    विद्युत कर्मचारीले शनिबार अपरान्ह जिल्ला अदालत अगाडिका १६ वटा रुख ठुटै बनाएर काटेका थिए। रुख काटिएको थाहा पाउने बित्तिकै मेयर विष्ट, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल घटनास्थलमा पुगेका थिए।नगरलाई सुन्दर, व्यवस्थित र हरियाली बनाउन रोपिएर हुर्काइएका वयस्क रुख काटिएपछि चौतर्फी विरोध भएको छ। विद्युतले तारमा छुन थालेको हाँगा काट्नु पर्नेमा रुखै ठुटै हुने गरी काटिदिएको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय