logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नगर प्रहरी र चालकमाथि हातपात गर्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

नगर प्रहरी र चालकमाथि हातपात गर्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा


  • सोमबार, मंसिर २५ २०८०

  • काठमाडौं- नदीजन्य पदार्थ नियन्त्रण गर्न गएका लमही नगरपालिकाका नगर प्रहरी छवि चौधरी, विनोद शर्मा र चालक मेघराज गिरीमाथि हातपात गर्नेविरुद्ध प्रहरीले मुद्दा चलाएकाे छ ।

    लमही नगरपालिका- ४ स्थित बुटकाैवा राप्ती घाटमा राती आठ बजे बालुवा चोरी गर्दै गरेको रा १ त ४४३४ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिन खाेज्दा उनीहरूमाथी हातपात भएपछि हातपात गर्नेहरूकाे पहिचान गरेर अभद्र व्यवहार शीर्षकमा प्रहरीले मुद्दा चलाएको छ ।

    गढवा गाउँपालिका- ५ का मनिराम चौधरी, सन्दीप चौधरी, संजिप चौधरी र निरज चौधरीलाई अभद्र ब्यवहारको कसुरमा मुद्दा दर्ता गरिएको दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय