logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

आयुर्वेदका ‘ज्ञाता’ आचार्य बालकृष्ण झापाको अर्जुनधारा धाममा

आयुर्वेदका ‘ज्ञाता’ आचार्य बालकृष्ण झापाको अर्जुनधारा धाममा


  • आइतबार, मंसिर २४ २०८०

  • काठमाडौँ । आयुर्वेदका ‘ज्ञाता’ आचार्य बालकृष्ण झापा आएका छन्। भारतबाट बागडोगरा एयरपोर्ट हुँदै उनी झापा उत्रिएका हुन्।झापाको अर्जुनधारा जलेश्वर धामको ४१ ‍औं वार्षिक अनुष्ठानमा सहभागी हुन उनी झापा आएका हुन्।

    उनलाई अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन, उपप्रमुख खड्गमाया पराजुलीलगायतले स्वागत गरेका थिए। नगरप्रमुख गोम्देनले बालकृष्णलाई नेपाली टोपी लगाएर स्वागत गरे।

    आचार्य बालकृष्ण धामका पदाधिकारीसँग भेटघाट गरेका छन्। साँझ ८ बजे उनले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ। धाममा पतञ्जलि योगपीठका प्रशिक्षकहरूद्वारा बिहान दुई घण्टा दैनिक योगाभ्यासका कार्यक्रम सञ्चालन भइरहेको छ।धामको वार्षिक अनुष्ठान भोलि समापन हुँदैछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय