logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला


  • मंगलबार, मंसिर १९ २०८०

  • काठमाडौँ । देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ महानगरपालिका-२१ जैसीदेबल मन्दिर पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका हुन् । उता नुवाकोटको विदुर नगरपालिका-९ रामथोक बस्ने ७० वर्षीया पुतली विक आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

    त्यस्तै पाल्पाको तिनाउ गाउँपालिका-३ तल्लो सिद्धबाबा मन्दिर नजिक नालीमा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय