logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पोखरामा अबदेखि निजी गाडी भाडामा लगाउन नपाइने

पोखरामा अबदेखि निजी गाडी भाडामा लगाउन नपाइने


  • मंगलबार, मंसिर १९ २०८०

  • काठमाडौँ । पोखरामा अबदेखि निजी गाडी भाडामा लगाउन नपाइने भएको छ । लेकसाइड र अन्य क्षेत्रमा व्यक्तिहरुले निजी गाडीलाई भाडामा राख्ने गरेका थिए । विभिन्न पसलहरुमा निजी गाडी, मोटरसाइकल र स्कुटर भाडामा राखेको सूचना बोर्ड प्रहरीले हटाइदिएको छ ।

    वडा प्रहरी कार्यालय बैदाम र पोखरा महानगरपालिकाको टोलीले ४५ भन्दा बढी पसलबाट बोर्ड हटाएर निजी सवारी साधन भाडामा नलगाउन सचेत गराइएको हो । ‘बाइक अन रेण्ट’ लेखिएका ५५ वटा बोर्ड हटाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर भुवन बरामले जानकारी दिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय