logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

रुपन्देहीमा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

रुपन्देहीमा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु


  • शनिबार, मंसिर १६ २०८०

  • बुटवल। स्कुल बसले ठक्कर दिँदा रूपन्देहीको सांस्कृतिक नगरपालिका ४ महुबारीमा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ। बसको ठक्करबाट मोटरसाइकलमा सवार व्यक्तिको मृत्यु भएपछि आक्रोशित स्थानीयले स्कुल बसमा आगो लगाएका छन्।

    शनिबार बिहान ९ बजेपछि लुम्बिनी सांस्कृतिक नगरपालिका–४ महुबारी लुम्बिनी ककरहवा सडक खण्डमा निजी बोर्डिङ स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको हो।

    प्रहरीका अनुसार गैंडहवा गाउँपालिका सुर्यपुरास्थित सिद्धार्थ बोर्डिंङ स्कुलको लु१क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो।


    सम्बन्धित समाचार थप

    लोकप्रिय