logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

देशभरिका कारागारमा योगशिविर सञ्चालन हुने

देशभरिका कारागारमा योगशिविर सञ्चालन हुने


  • मंगलबार, मंसिर १२ २०८०

  • काठमाडौँ। स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियान अन्तर्गत देशभरिका कारागारमा योगशिविर सञ्चालन हुने भएको छ। एक महिना भित्र नख्खु कारागारमा हुने दश दिवसीय शिविरपछि अरू कारागारमा पनि त्यही स्वरूपको शिविर आयोजना गरिने छ।

    उपप्रधानमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपाश्यना केन्द्रका क्षेत्रीय आचार्य रूप ज्योति, सहायक आचार्य पवन मित्तल, पूर्व प्रहरी महानिरीक्षक एवम् विपाश्यना साधक कुबेरसिंह राना सहित सोमबार गृह मन्त्रालयमा बसेको बैठकले नख्खु कारागारबाट शिविर सञ्चालन गर्ने निर्णय गरेको हो।


    सम्बन्धित समाचार थप

    लोकप्रिय