logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नेपाल बैंकद्वारा भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५० लाख जम्मा

नेपाल बैंकद्वारा भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५० लाख जम्मा


  • सोमबार, मंसिर ११ २०८०

  • काठमाडौं । नेपाल बैंक लिमिटेडले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितको उद्धार एवं राहतका लागि ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
    नेपाल बैंक लिमिटेडका अध्यक्ष चन्द्र बहादुर अधिकारी र प्रमुख कार्यकारी अधिकृत समता पन्तले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आज बिहान उक्त रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि हस्तान्तरण गरेका हुन् ।

    जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्प पिडितका लागि केही राहत हेस् भनेर प्रयास गरिएको अध्यक्ष अधिकारीले बताए । साथै आगामी दिनमा समेत नेपाल बैंकले सहयोग गर्न तत्पर रहेको एवं यस्ता दैवी प्रकोपमा सहयोग गर्दै आएको र आगाामी दिनमा समेत सहयोग गर्दै जाने छ ।

    त्यसैगरी बैंककी प्रमुख कार्यकारी अधिकृत समता पन्तले देशमा विपत्ती परेको अवस्थामा विगत देखी नै सहयोग गर्दै आइरहेको बताएकी छन् । कोरोनामा समेत बैंकले ३ करोड सरकारी कोषमा सहयोग गरेको भन्दै यसपटक जाजरकोट र रुकुम पश्चिम भुकम्पलाई मध्यनजर गर्दै ५० लाख रुपैया नेपाल बैंककोतर्फबाट प्रधानमन्त्री दैवी प्रकोपकोषमा सहयोग गरेको बताइन् ।

    जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा धेरै क्षति भएको थियो भने विभिन्न सरकारी निकाय एवं सङ्घसंस्थाले सहयोग उपलब्ध गराउने क्रम जारी रहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय