पाल्पा । उनी पाल्पाको रिब्दिकोट गाउँ पालिका–१ ख्याहा जोगिथुमका १० वर्षीय बालक शिव कुमाल । आमा बुबाको काखमा खेल्ने, साथी भाईसँग रमाउँदै विद्यालय जाने उमेरमा यसरी सांग्लोमा बाँधिएका छन् कुमाल । उनको बोली फुर्दैन उनलाई छोड्यो भने टाउको भित्तामा ठोक्ने, बेसुरमा भाग्ने गर्छन् । परिवारको आर्थिक अवस्था कजोर भएपछि बाबु विदेशिएका छन् ।
आमा भने मेलापात गर्छिन् । उनी भन्दा ठूला दाई र एकभाई विद्यालय जान्छन। जसका कारण घरमा उनको रेखदेख गर्ने कोही नहुनेभएपछि यसरी सांग्लोमा बाँधिएका ४वर्ष भयो ।परिवारले उनको उपचारका लागि सदरमुकामसम्म लगेपनि अर्थिक अवस्था कमजोर भएका कारण अन्यत्र लान सकेनन् । अर्की स्थानीय जुनकेली कुमालका छोरा बलबहादुर र छोरी सुमित्राको अवस्था पनि उस्तै छ । १३ वर्षीया छोरी सुमित्राको हातखुटटा चल्र्दैनन् । उनको ओछ्यानमै दैनिकी बित्दै आएको छ ।
छोरा पनि अपाङगता भएका छन् । छोरा–छोरी मात्रै होइन श्रीमान समेत सुस्त छन् । सोही कारण उनीहरुको स्याहार–सुसार, घरधन्दा एक्ली जुनकेलीको टाउको छ । स्थानीयका अनुसार गाँउका अधिकांश परिवारमा कुनै न कुनै रुपमा अपाङ्गता भएका व्यक्तिहरु छन् । उनीहरु विरामी पर्नुमा कुपोषण, गरिबी, जानकारीको अभाव, आर्थिक तथा चेतनाको अभाव र उपचार अभावका कारण यो संख्या बढ्दै गएको स्थानीयहरु बताउँछन् ।
NEWS BY SHITALNEWS.COM