logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मकवानपुरमा बाघको आक्रमणबाट १ जनाको मृत्यु

मकवानपुरमा बाघको आक्रमणबाट १ जनाको मृत्यु


  • शुक्रबार, मंसिर ८ २०८०

  • हेटौँडा । मकवानपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितवनको राप्ति नगरपालिका वडा नम्बर–१ दुबि चौरका ४३ वर्षीय पौडेललाई मनहरी–६ खयर घारी गाउँदेखि अन्दाजी २ किलोमिटर दक्षिणतर्फ रहेको राप्ति र लोथर खोलाको मध्यवर्ती क्षेत्र अन्तर्गत दोभानमा खर काट्न आएको अवस्थामा बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

    उनको घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । घटना भएको  खबर पाउनासाथ अनुशन्धान र मुचुल्काको लागी ईलाका प्रहरी कार्यलय मनहरीबाट प्रहरी निरीक्षकको कमान्डमा टोली खटाइएको प्रवक्ता भण्डारीले बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय