
काठमाडौ ३० फागुन । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण देश भरको जनजीवन प्रभावित भएको छ ।अप्रिय घटना रोक उपत्यकाका मुख्यमुख्य चोकमा बिहानैदेखि जनपथ तथा सशस्त्र प्रहरी परिचालन भएका छन् ।
नेपाल बन्द आह्वान गरेका नेकपाका कार्यकर्ताले विभिन्न स्थानमा सवारी साधनमाथि आगजनी गरेका छन भने विभिन्न स्थानमा बम तथा शंकास्पद बस्तु फेला परेका छन्। त्रिभुवनराजपथ अन्तर्गत मकवानपुरको थाहा नगरपालिका वडा नं ४ नयाँगाउँमा नचिनेका समूहले ट्रकमा आगजनी गरेको छ । गएराती पौने १२ बजे काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडी आगजनी गरेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । त्यस्तै पूर्वपश्चिम राजमार्गमा दुई वटा ट्रकमा आगजनी भएको छ । बुधबार साँझ पश्चिम नवलपरासीको बासाबसहीमा गएराति ८र१० जनाको अज्ञात समूहले आगो लगाएको प्रहरीले जनाएको छ ।

त्यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बढैपुर जंगलमा बन्दकर्ताले बसमा आगजनी गरेका छन । पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ ख ४४१ नम्बरको बसमा बन्दकर्ताले आगजनी गरेको प्रहरीले जनाएको छ ।
बुटवलमा मुख्य राजमार्गमै बम भेटिएकोछ। बुटवल कालिकानगर कालिकाचोकमा डिभाईडरमा कालो टेपले बेरेर राखेको बम सेनाको टोलीले डिस्पोज गरेको छ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ५ विपि चोक नजिकै शंकास्पद बस्तु फेला परेको हो । ईलाका प्रहरी कार्यालय प्रमुख प्रेम शाहीको टोली संकास्पद बस्तु भएको स्थानमा पुगेको छ । त्यस्तै प्युठानको स्वर्गद्वारी नगरपालिका अगाडिको बाटोमा पनि शंकास्पद बस्तु फेला परेको छ ।

यस्तै पोखराका विभिन्न स्थानमा शङ्कास्पद बस्तु फेला परेका छन् । सभागृह चोकस्थित ट्राफिक प्रहरी बस्ने डोम नजिकै राखिएको वस्तु सेनाको टोलिले डिस्पोज गरेको छ । पोखरा २९ भण्डारढिक छेत्रमा समेत शङ्कास्पद बस्तु फेला परेको सकेट बम सेनाको टोलीले डिस्पोज गरेको छ ।

मकवानपुरको हेटौडाको औद्योगिक क्षेत्रको मूलगेटमा शंकास्पद वस्तु फेला परेको छ। त्यस्तै रुकुमको सिस्ने गाउँपालिका(५, स्थित रुकुमकोट जिल्ला अदालत नजिकै शंकास्पद वस्तु फेला परेको छ । त्यस्तै गोरखाका दुई स्थानमा शंकास्पद बस्तु फेला परेको छ । गोरखा नगरपालिका–६, भीआईपी टोल र वडा नम्बर १० को बाह्रकिलोमा शंकास्पद वस्तु भेटिएको हो । पोखराबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तु निष्क्रिय पारेको छ ।
NEWS BY AKHABAR ONLINE.COM
https://www.youtube.com/watch?v=rExSQWqRZ2Q&feature=youtu.be&t=4&fbclid=IwAR2fxnm8p65qrqBZPFpVIFGVRfhhWG180ZHkVXS2iLrQeHjIwfUlkuE6p90
