logo

शनिबार, साउन ३० २०८३

logo

शनिबार, साउन ३० २०८३

एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै

एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै


  • बुधबार, मंसिर ६ २०८०

  • काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बुधबार बस्दैछ।बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बिहान ११ बजेदेखि सुरु हुनेछ।आजको बैठकमा एमालेले मंसिर १४ गतेदेखि सुरु गर्न लागेको मध्यपहाडी क्षेत्रको केन्द्रित अभियानका विषयमा छलफल गर्नेछ।साथै बैठकमा समसामयिक राजनीतिक घटनाक्रमको विषयमा पनि छलफल हुने बताइएको छ।

    कात्तिक २२ गते बसेको सचिवालय बैठकले यही मंसिर १४ देखि मध्य पहाडी लोकमार्ग केन्द्रित विशेष अभियान चलाउने निर्णय गरेको थियो।अभियान डडेल्धुराको झुलाघाटबाट सुरु भएर पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समाप्त हुनेछ।यो अभियानको उद्देश्य पहाडी क्षेत्रको समृद्धि हुने बताइएको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय