logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

जाजरकोट र रुकुमका ३० प्रतिशत विद्यार्थी भूकम्पबाट प्रभावित

जाजरकोट र रुकुमका ३० प्रतिशत विद्यार्थी भूकम्पबाट प्रभावित


  • सोमबार, कार्तिक २७ २०८०

  • काठमाडौँ । कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पका कारण ३० प्रतिशत विद्यार्थी प्रभावित भएका छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार प्रभावित विद्यालयमा अध्ययनरत कूल विद्यार्थीमध्ये ३० प्रतिशत भूकम्पबाट प्रभावित भएका हुन् ।

    जाजरकोटमा ७५ हजार आठ सय ५३ विद्यार्थीमध्ये २२ हजार सात सय ५९ र रुकुमपश्चिममा ५७ हजार आठ सय ३४ विद्यार्थीमध्ये १७ हजार तीन सय ५१ जना भूकम्पबाट प्रभावित भएको सुनारले जानकारी दिए । जाजरकोटमा चार सय २३ र रुकुम पश्चिममा तीन सय १३ गरी सात सय ३६ विद्यालयमध्ये दुई सय आठ वटा विद्यालय पूर्ण रूपमा क्षति भएका छन् भने चार सय १८ विद्यालय आंशिक रूपमा क्षति भएको जनाइएको छ । जाजरकोटका धेरै विद्यालयमा क्षति भएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय