logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पत्रकार महासंघले बुझायो प्रधानमन्त्री ओलीलाई हस्ताक्षर

पत्रकार महासंघले बुझायो प्रधानमन्त्री ओलीलाई हस्ताक्षर


  • शनिबार, असार ७ २०७६

  • नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक फिर्ता लिन दवाव स्वरुप संकलन गरिएको पत्रकारहरुको हस्ताक्षर जिल्ला प्रशासन कार्यालय, काठमाडौंमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ ।
    नेपाल पत्रकार महासंघका कार्यबहाक अध्यक्ष विपुल पोखरेल नेतृत्वको टोलीले शुक्रबार बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री ओलीलाई सो विधेयक फिर्ता लिन दवाव स्वरुप संकलन गरिएको पत्रकारहरुको हस्ताक्षर बुझाएको हो ।
    प्रधानमन्त्रीले समय नदिएपछि प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत सो विधेयक फिर्ताका लागि दवाव स्वरुप पत्रकारहरुले संकलन गरेको हस्ताक्षर सरकारलाई बुझाइएको महासंघका कार्यबहाक अध्यक्ष पोखरेलले जानकारी दिए ।
    महासंघले सो विधेयक फिर्ता लिन दवाव दिन असार ३, ४ र ५ गते देशभरका पत्रकारहरुको हस्ताक्षर अभियान संकलन गरेको थियो । सोही हस्ताक्षर आज देशभरका सबै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री ओलीलाई बुझाइएको हो ।
    महासंघले सो विधेयक फिर्ता नलिएपछि आगामी असार मसान्तसम्म सरकारविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरिसकेको छ । प्रेसमाथि अंकुश लगाउने गरी आएको सो विधेयक फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन जारी रहने पनि महासंघका कार्यबहाक अध्यक्ष पोखरेलले बताए ।
    NEWS BY SHITALNEWS.COM


    सम्बन्धित समाचार थप

    लोकप्रिय