logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

टी–२० विश्वकपमा छनोट भएकोमा नेपाली खेलाडीलाई प्रधानमन्त्री प्रचण्डको बधाई

टी–२० विश्वकपमा छनोट भएकोमा नेपाली खेलाडीलाई प्रधानमन्त्री प्रचण्डको बधाई


  • शुक्रबार, कार्तिक १७ २०८०

  • काठमाडौ । प्रधानमन्त्री पुष्पकमल प्रचण्डले नेपाल टी–२० विश्वकप एसिया छनोट भएको खेलाडीलाई बधाई दिएका छन् ।

    काठमाडौंको मुलपानीस्थित क्रिकेट मैदानमा भएको  सेमिफाइनल खेलमा   युएईलाई ८ विकेटलाई हराउँदै नेपाल विश्वकपमा छनोट भएको छ ।

    प्रधानमन्त्री प्रचण्डलाई बधाई दिँदै फेसबुकमा लेखेका छन्, “टी-२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु।पछिल्लोसमय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु। साथै नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधै यहाँहरूको साथमा रहने प्रतिवद्धता व्यक्त गर्दछु।”

     टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटलाई हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो।

     
    फाइनल प्रवेश गर्ने दुई टिम विश्वकपमा छनोट हुने भएसँगै नेपाल विश्वकपमा छनोट भएको हो ।  युएईले दिएको १३५ रनको लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा २ विकेट गुमााएर भेट्टाएको हो ।

    नेपाललाई जिताउन आसिफ शेखले ५० बलमा ६३ रन जोडेर नटआउट रहे । कप्तान रोहित पौडेल पनि २१ बलमा ३५ रन जोडेर नटआउट रहे । 

    यसअघि मुलपानीस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले पूरा ओभर खेल्दै ९ विकेट गुमाएर १३४ रन बनाएको थियो । 

    नेपालका लागि कुशल मल्लले ३, सन्दीप लामिछानेलले २ र सोमपाल कार्मी र रोहित पौडेलले समान एक एक विकेट लिए । 


    सम्बन्धित समाचार थप

    लोकप्रिय