logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

केन्द्रीय कार्यालयको भवन निर्माणमा सहयोग गर्न पार्टी सदस्यलाई जसपाको आह्वान

केन्द्रीय कार्यालयको भवन निर्माणमा सहयोग गर्न पार्टी सदस्यलाई जसपाको आह्वान


  • शुक्रबार, कार्तिक १७ २०८०

  • काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले केन्द्रीय कार्यालयको भवन निर्माणका लागि पार्टी सदस्यहरूको नाममा परिपत्र जारी गरी सहयोग गर्न आह्वान गरेको छ । जसपाले ललितपुरको रानीबुमा आफ्नो जग्गामा कार्यालय भवन बनाउने निर्णय गरिसकेको छ । सो निर्णय अनुसार भवन निर्माणका लागि पार्टीका कार्यकारिणी सदस्य एवं पूर्व मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा भवन निर्माण समिति गठन भएको छ ।

    केन्द्रीय कार्यालय निर्माण सम्बन्धी भौतिक, आर्थिक र व्यवस्थापनलगायत आवश्यक पर्ने सम्पूर्ण कार्यहरू गरी निर्माण कार्य सम्पन्न गर्ने गरी भवन निर्माण समितिलाई जिम्मेवारी दिइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय