logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

शिक्षकसँगका सम्झौता कार्यान्वयन गर्न केसीको माग

शिक्षकसँगका सम्झौता कार्यान्वयन गर्न केसीको माग


  • मंगलबार, फाल्गुन २७ २०८१

  • काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले पटक पटक नेपाल शिक्षक महासंघसँग गरेका सम्झौता कार्यान्वयन गरेर शिक्षकहरूलाई काममा पठाउन माग गरेका छन् । मंगलबारको प्रतिनिधि सभाको बैठकमा सांसद केसीले सरकारको ध्यानाकर्षण गराउँदै सम्झौता नगर्नू कुरा खेदजनक भएको बताएका हुन् ।

    ‘लाखौँ शिक्षकसँग गरेको प्रतिबद्धता पालना सरकारले गरोस्, विद्यालय ऐन जारी गरेर १७, १८ थरीको शिक्षक एकीकृत गर्ने काममा लागोस्’, केसीको भनाइ छ ।

    साथै उनले सामाजिक सुरक्षाअन्तर्गत ज्येष्ठ, एकल वा अपाङ्गलाई राष्ट्रिय परिचयपत्रको व्यवस्था गरिए पनि प्रविधिले काम नगर्दा सास्ती भएकाले गुनासो आएकाले सरकारले त्यसबारेमा समयमै सोच्नुपर्ने बताए ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय