logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

टेम्केमैयुङका एकल, दलित तथा श्रमिक महिला सम्मानित

टेम्केमैयुङका एकल, दलित तथा श्रमिक महिला सम्मानित


  • आइतबार, फाल्गुन २५ २०८१

  • भोजपुर । टेम्केमैयुङ गाउँपालिकाका एकल,दलित, श्रमिक तथा विपन्न महिलालाई सम्मानसँगै आवश्यक सहयोग गरिएको छ । एक सय १५ औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा गाउँपालिकाले नौवटै वडाका महिलालाई सम्मानसहित सहयोग गरेको हो ।

    गाउँपालिकाभित्रका सबै वडालाई समेटेर समाजमा सङ्र्घष गरिरहेका एकल, दलित, विपन्न महिलालाई हौसला प्रदान गर्ने उद्देश्यले सम्मानसहित सहयोग गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् ।

    ‘दिवसका अवसरमा पालिकाले बर्सेनि विभिन्न रचनात्मक काम गर्दै आएको छ’, उनले भने, ‘यो वर्ष समस्यामा रहेका महिलालाई सम्मानसहित दैनिक आवश्यक पर्ने सामग्री सहयोग गरेका हौँ ।’


    सम्बन्धित समाचार थप

    लोकप्रिय