logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्थामा कडाइ

त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्थामा कडाइ


  • आइतबार, फाल्गुन २५ २०८१

  • काठमाडौँ । पोखराबाट काठमाडौँ फर्किने तयारीमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्ने तयारी भएपछि त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्थापनमा कडाइ गरिएको छ । हवाई टिकट भएका यात्रु र स्टाफ बाहेक अरूलाई एयरपोर्ट भित्र छिर्ने निषेध गरिएको छ ।

    कुनै किसिमको हुलहुज्जतपूर्ण, गैरकानूनी तथा सामाजिक मर्यादाविपरीतका कार्य हुन नदिन विमानस्थल वरपरको सुरक्षा व्यवस्था पनि कडा पारिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

    प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगन्जस्थित निर्मल निवाससम्मको क्षेत्रलाई उच्च सुरक्षा संवेदनशील मान्दै सुरक्षा व्यवस्था कडा पारेको हो ।

    राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईँ समूह लगायतले आज पोखराबाट काठमाडौँ फर्किन लागेका पूर्वराजालाई विमानस्थलमा स्वागत गर्ने तयारी गरेका हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय