logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

धनगढीमा विद्यार्थीहरूको विरोध प्रदर्शन सातौँ दिनमा प्रवेश, विधेयक खारेजीको माग

धनगढीमा विद्यार्थीहरूको विरोध प्रदर्शन सातौँ दिनमा प्रवेश, विधेयक खारेजीको माग


  • आइतबार, फाल्गुन २५ २०८१

  • धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहका अस्थायी र करार कर्मचारीलाई स्थायी बनाउन प्रस्तावित विधेयकविरुद्ध विद्यार्थी संगठनहरूको विरोध प्रदर्शन आज सातौँ दिनमा प्रवेश गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि निरन्तर धर्ना दिँदै आएका विद्यार्थीहरूले आज पनि प्रदर्शन जारी राखेका छन्।

    विद्यार्थी संगठनहरूले उक्त विधेयकले खुला प्रतिस्पर्धाको अवसरलाई सीमित गर्ने र नयाँ उम्मेदवारहरूका लागि अन्याय हुने दाबी गर्दै आएका छन्। उनीहरूले विधेयक खारेज नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

    यसैबिच करार सेवामा कार्यरत कर्मचारीहरूले भने उक्त विधेयक हुबहु पारित गर्नुपर्ने माग राख्दै दबाब दिइरहेका छन्। शुक्रबार उनीहरूले प्रदेशसभा सचिवालय अगाडि प्रदर्शन गर्दै विधेयक पारित गर्न आग्रह गरेका थिए।

    विधेयक हाल प्रदेशसभामा छलफलको क्रममा रहेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले सबै पक्षसँग परामर्श गरी आवश्यक संशोधन गर्ने प्रतिबद्धता जनाएका छन्। तर, विद्यार्थीहरू विधेयक खारेज नभएसम्म आन्दोलन जारी राख्ने अडानमा छन्।


    सम्बन्धित समाचार थप

    लोकप्रिय