logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

४ दिनपछि पूर्वयुवराज पारस साह डिस्चार्ज

४ दिनपछि पूर्वयुवराज पारस साह डिस्चार्ज


  • बिहिबार, फाल्गुन २२ २०८१

  • काठमाडौँ । अस्पताल भर्ना भएको ४ दिनपछि पूर्वयुवराज पारस शाह डिस्चार्ज भएका छन् । हृदयघात भएपछि उनी आइतबार राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

    उनको स्वास्थ्य सामान्य बनेसँगै बिहीबार बिहान डिस्चार्ज गरिएको नर्भिक अस्पतालका प्रवक्ता अजय मिश्राले जानकारी दिए ।

    निवासमै हृदयघात भएपछि आइतबार साँझ उनलाई परिवारले नर्भिक लगेका थिए । सोही राति नै मुटुमा स्टेन राखिएको र केही दिन उनलाई चिकित्सकको विशेष निगरानीमा राखेर उपचार गरिएको थियो ।

    ‘अहिले उहाँको अवस्था सामान्य बनेसँगै डिस्चार्ज गरिएको छ’, मिश्राले भने । पारसको डाक्टर यादव भट्ट नेतृत्वको टोलीले उपचार गरेको थियो।

    पारस शाहलाई हृदयाघात भएको यो चौथो पटक हो । यसअघि उनलाई २०७५ माघ महिनामा हृदयाघात भएको थियो । त्यतिबेला पनि उनको नर्भिकमै उपचार भएको थियो । त्यसअघि पनि थाइल्यान्डमा रहँदा र अर्को एक पटक पनि हृदयाघात भएको थियो ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय