logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

वन तथा वातावरणको संरक्षण गर्न नीति तथा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्न आवश्यकः उपराष्ट्रपति

वन तथा वातावरणको संरक्षण गर्न नीति तथा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्न आवश्यकः उपराष्ट्रपति


  • मंगलबार, फाल्गुन २० २०८१

  • काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले वन तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राखि यसका लागि नीति तथा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् ।

    मंगलवार नेपाल वन प्राविधिक संघको स्वर्ण महोत्सवको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्ला वर्षहरुमा वन केन्द्रित दिगो विकासका लागि विविध प्रयासहरु भइरहेको बताए ।
    उनले वन क्षेत्रको संरक्षण, संवद्र्धन र दिगो विकास व्यवस्थापनका लागि सरकार, सरोकारवाला निकाय, स्थानीय समुदाय तथा प्राविधिक विज्ञहरुबीच समन्वय हुनु अति जरुरी रहेको उल्लेख गरे ।

    वन सम्बन्धी नीतिगत सुधार, नविन प्रविधिको प्रयोग र अनुसन्धानलाई प्राथमिकता दिँदै वन क्षेत्रको समृद्धि, सुनिश्चित गर्न सबैको साझा प्रयास उत्तिकै अपरिहार्य रहेको बताए । हरियो वन नेपालको धन भनेर चिनिएको नेपालको ठूलो प्राकृतिक श्रोत वन भएकाले यसको संरक्षणमा सबैको पहल आवश्यक रहेको बताए ।

    उपराष्ट्रपति यादवले पछिल्लो समय तराई/मधेसमा पानीको सतह निकै तल गएको, पानीको श्रोतहरु सुक्दै जानु चिन्ताजनक अवस्था रहेको बताए ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय