logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

आफ्नो रगत दिएर २४ लाख बालकलाई बचाउने अष्ट्रेलियाली वृद्धको निधन

आफ्नो रगत दिएर २४ लाख बालकलाई बचाउने अष्ट्रेलियाली वृद्धको निधन


  • सोमबार, फाल्गुन १९ २०८१

  • सिड्नी । विश्वका सबैभन्दा चर्चित ब्लड डोनर मध्ये एक हुन् जेम्स ह्यारिसन । ८८ वर्षको उमेरमा ह्यारिसनको निधन भएको छ । अस्ट्रेलियाको न्यु साउथ वेल्समा एक नर्सिङ होममा सुतिरहेको समयमा ह्यारिसनको फेब्रुअरी १७ मा मृत्यु भएको उनको परिवारले सोमबार भनेको हो ।

    उनले रक्तदान गरेर २४ लाखभन्दा धेरै बालबालिकाको ज्यान बचाएका थिए । अस्ट्रेलियामा ह्यारिसन सुनौलो हात भएको पुरुष भनेर चिनिन्छन् ।

    उनको रगतमा दुर्लभ एन्टिबडी एन्टी डी थियो । यसलाई आमाको गर्भमै रहँदा रगतमा सङ्क्रमणको जोखिम उच्च भएका बच्चाको आमालाई औषधि बनाउन प्रयोग गरिन्थ्यो । १४ वर्षको उमेरमा छातीको ठुलो शल्यक्रिया गरियो ।

    शल्यक्रियाको क्रममा उनको रगतमा एक दुर्लभ एन्टिबडी भएको पत्ता लाग्यो । त्यसपछि ह्यारिसनले ब्लड डोनर बन्ने कसम खाए । बीबीसीको रिपोर्ट अनुसार उनले १८ वर्षको उमेरदेखि रक्त प्लाज्मा दान गर्न थालेका थिए । ८१ वर्षको उमेरसम्म हरेक दुई हप्तामा उनले रक्तदान गरिरहे ।

    २००५ मा उनले सबैभन्दा धेरै रक्तदान गर्ने कीर्तिमान बनाएका थिए । तर २०२२ को जुनमा उनको यो रेकर्ड एक अमेरिकी पुरुषले तोडे । जीवनभर आफ्नो पिताले लाखौँ शिशुको जीवन बचाएको र उनी यसमा सधैँ खुसी रहेको ह्यारिसनकी छोरी ट्रेसी मेलोशिपले भनिन् । ह्यारिसनकी छोरी मेलोशिपलाई पनि एन्टी–डी औषधि दिइएको थियो । ह्यारिसनका दुई नाति नातिनाहरूलाई पनि एन्टी–डी औषधिले बचाइएको थियो ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय