logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

लेनदेनको विषयमा हत्या गरी फरार युवक पक्राउ

लेनदेनको विषयमा हत्या गरी फरार युवक पक्राउ


  • सोमबार, फाल्गुन १९ २०८१

  • काठमाडौँ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी दोलखा मेलुङ गाउँपालिका-६ घर भएका २९ वर्षीय विराट ठकुरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौँ महानगरपालिका ४ धोबीखोला करिडोरस्थित धनन्तरी मार्गमा मंगलबार राति काठमाडौँ महानगरपालिका ६ सरस्वतीनगर बस्ने ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका ६ घर भएका ५० वर्षीय अडविर राईलाई लेनदेनको विषयमा ढुंगा प्रहरी गरी हत्या गरेको घटनामा फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले भक्तपुर सल्लाघारीबाट पक्राउ गरेको हो ।

    उनी उपर काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय