logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

धुलिखेल अस्पतालका चार जना चिकित्सक निलम्बन

धुलिखेल अस्पतालका चार जना चिकित्सक निलम्बन


  • आइतबार, फाल्गुन १८ २०८१

  • काठमाडौँ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स धुलिखेल अस्पतालका चार जना चिकित्सक निलम्बन भएका छन् । अस्पतालमा एमडी पहिलो वर्षमा अध्ययनरत एक विद्यार्थीको आत्महत्या दुरुत्साहन कार्यमा संलग्न रहेको आरोपमा चार चिकित्सकलाई एक साताका लागि निलम्बन गरिएको हो ।

    अस्पतालको मनोचिकित्सा विभागका डा.अजय रिसाल, दीपक कुँवर, डा.वर्षा श्रेष्ठ र डा.रिका रिजालले उनलाई यातना दिएको नेपाल मेडिकल काउन्सिलले जनाएको छ । उनीहरूलाई फागुन १६ गतेसम्म एक साताका लागि निलम्बन गरिएको थियो ।

    यही फागुन ४ गते उनले आत्महत्याको प्रयास गरेका थिए । सो घटनाको प्रारम्भिक अनुसन्धानमा ती विद्यार्थीलाई सताउने कार्य गरेको पाइएको स्रोतले जनाएको छ । ‘४ गतेको घटना हो । काउन्सिलले टोली खटायो । प्रारम्भिक अनुसन्धान गर्‍यो,’ स्रोतले भन्यो, ‘सो अनुसन्धानमा अलिकति दुःख दिएको, हरसमेन्ट गरेको देखियो ।’

    धुलिखेल अस्पतालको घटनाबारे काउन्सिलले छानबिन समिति गठन गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय