logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

अमेरिकी विमानस्थलमा यसरी टर्‍यो अर्को दुर्घटना

अमेरिकी विमानस्थलमा यसरी टर्‍यो अर्को दुर्घटना


  • बुधबार, फाल्गुन १४ २०८१

  • साउथवेस्ट एयरलाइन्सको विमान विमानस्थलमा अवतरण गर्ने प्रयास गरिरहेको बेला अर्को विमान, च्यालेन्जर ३५० निजी जेट धावनमार्ग पार गर्दै थियो । यतिबेला साउथवेस्ट एयरलाइन्सको विमान जमिनबाट ५० फिट मात्रै माथि थियो । अगाडि अर्को विमान उड्न लागेको देखेपछि पाइलटनले अचानक विमानलाई माथितिर लगे । पछि विमानलाई पाइलटले शिकागो विमानस्थलमा सुरक्षित अवतरण गरे ।

    संघीय उड्डयन प्रशासनले यस मामिलामा अनुसन्धान गरिरहेको छ । दोस्रो विमान अनुमति बिना धावनमार्गमा छिरेको बताइएको छ ।

    मिडवे एयर ट्राफिक कन्ट्रोलले निजी जेटका पाइलटलाई रनवेबाट टाढा रहन कम्तीमा नौ पटक चेतावनी दिएका थिए, तर पाइलटले ती निर्देशनहरूलाई बेवास्ता गरेको बताइएको छ । यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । घटना बिहान ९ बजेको हो ।

    पछिल्लो केही हप्तायता अमेरिकामा एक पछि अर्को गर्दै कयौँ विमान दुघर्टना भइरहँदा दुघर्टना टरेको खबर राहतको कुरा बनेको छ । डिसेम्बरको अन्त्यता मात्रै मान्छेहरूको ज्यानै जानेगरी अमेरिकामा पाँच वटा हवाई दुघर्टना भएका छन् ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय