logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

काठमाडौँबाट ठुलो परिमाणमा ट्रामाडोल क्याप्सुलसहित २ व्यक्ति पक्राउ

काठमाडौँबाट ठुलो परिमाणमा ट्रामाडोल क्याप्सुलसहित २ व्यक्ति पक्राउ


  • सोमबार, फाल्गुन १२ २०८१

  • काठमाडौँ । प्रहरीले ठूलो परिमाणमा नियन्त्रित मनोद्दिपक ट्रामाडोल क्याप्सुलसहित एउटा गिरोहलाई नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबट खटिएको प्रहरी टोलीले सो क्याप्सुल ५,६४, १०० सहित २ जनालाई पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार गत फागुन ८ गते काठमाडौँ महानगरपालिका १४ बाट ललितपुरको महांकाल नगरपालिका ४ बस्ने ३३ वर्षीय सुधीर लामिछानेलाई ट्रामाडोल ३०,००० क्याप्सुलसहित पक्राउ गरिएको जनाएको छ ।

    लामिछानेमाथि अनुसन्धान गर्ने क्रममा फागुन ९ गते पर्साको महुवन गाउँपालिका ६ स्थायी घर भई काठमाडौँ महानगरपालिका ४ टोखा बस्ने ३८ वर्षीय साइमन बनवारीलाई ५,३४,१०० क्याप्सुलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    उनलाई बिक्री वितर गर्न राखिएको गोदामबाट सो परिमाणको क्याप्सुलसहित पक्राउ गरिएको प्रहरीको भनाई छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय