logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

८५ लाख खर्चेर जापानले बनाइदियो विद्यालय

८५ लाख खर्चेर जापानले बनाइदियो विद्यालय


  • सोमबार, फाल्गुन १२ २०८१

  • काठमाडौँ । जापान सरकारको सहयोगमा निर्मित उदयपुरको कटारी नगरपालिका–१४ लेखानीस्थित चन्द्रावती माध्यमिक विद्यालय भवन हस्तान्तरण गरिएको छ । नेपालका लागि जापानी राजदूत मायदा तोरूले नवनिर्मित भवन हस्तान्तरण गरे ।

    जापान सरकारको ग्रासरूट ह्युमन सेक्युरिटी प्रोजेक्ट जिजिपीको अनुदान सहायताअन्तर्गत करिब रू ८५ लाखको सहयोगमा उक्त भवन निर्माण गरिएको हो ।

    उक्त विद्यालय सो क्षेत्रकै प्रमुख शैक्षिक संस्थाका रूपमा रहीआएको छ । सो विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्यापन हुँदै आएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय