logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

युएसएडका ४ हजारभन्दा बढी कर्मचारी बिदामा, डेढ हजारभन्दा बढीको जागिर गुम्यो

युएसएडका ४ हजारभन्दा बढी कर्मचारी बिदामा, डेढ हजारभन्दा बढीको जागिर गुम्यो


  • सोमबार, फाल्गुन १२ २०८१

  • वासिङ्टन । अमेरिकाको अन्तर्राष्ट्रिय विकास सम्बन्धी एजेन्सी ‘युएसएड’का अधिकांश कर्मचारीलाई बिदामा पठाइएको वा जागिरबाट निकालिएको छ ।

    डोनाल्ड ट्रम्प राष्ट्रपति बनेलगत्तै युएसएडमार्फत विभिन्न मुलुकलाई दिँदै आएको वित्तीय सहायता निश्चित अवधिका लागि रोक्ने निर्णय गरेका थिए । त्यसयता करिब चार हजार २०० कर्मचारीलाई बिदामा पठाइएको छ । यसैगरी कम्तीमा एक हजार ६०० कर्मचारीलाई जागिरबाट हटाइएको छ ।

    युएसएड सन् १९६१ मा स्थापना गरिएको थियो । यस अन्तर्गत करिब १० हजार कर्मचारी कार्यरत थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय