logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

६ महिनामा १४ हजार सैनिक विपद् व्यवस्थापनमा परिचालन

६ महिनामा १४ हजार सैनिक विपद् व्यवस्थापनमा परिचालन


  • आइतबार, फाल्गुन ११ २०८१

  • काठमाडौँ । पछिल्लो ६ महिनामा सेनाले ५४८ ठाउँमा विपद् व्यवस्थापनको काम गरेको छ । २०८१ साउनपछि प्राकृतिक र अन्य विपद्का घटनामा उद्दार लगायतका काममा १४ हजार सैनिक परिचालन गरिएको युद्धकार्य निर्देशक रवीन्द्र खत्रीले जानकारी दिए ।

    आइतबार जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा खत्रीले भने– ‘पछिल्लो ६ महिनामा विपद् व्यवस्थापनमा १४ हजार २११ जना सैनिक परिचालन गरेका छौँ ।’

    प्राकृतिक विपद् भन्दा बाहेकका विपद्मा पनि सेनाले खोज तथा उद्धारको काम गर्दै आएको छ । ६ महिनामा नदी र तालमा डुबेका २४ जनालाई सेनाले जीवित उद्धार गरेको छ । त्यस्तै, सडक दुर्घटनामा परेका ४६४ जनालाई उद्धार गरिएको सहायक रथी खत्रीले जानकारी दिए । सो अवधिमा सेनाले दुर्घटनास्थलबाट ५० जनाको शव निकालेको छ ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय