logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

तिला नदीमा डुबेर बेपत्ता युवकको शव फेला

तिला नदीमा डुबेर बेपत्ता युवकको शव फेला


  • आइतबार, फाल्गुन ४ २०८१

  • कालिकोट । कालिकोटको तिला नदीमा शनिवार डुबेर बेपत्ता भएका युवकको शव भेटिएको छ ।

    तिलागुफा नगरपालिका–४, राचुँलीका २१ वर्षीय भजन शाहीको शव आइतबार दिउँसो फेला परेको हो ।

    कालिकोट प्रहरीका अनुसार शाही माछा मार्ने क्रममा चिप्लिएर नदीमा खसेका थिए ।

    डुबेर बेपत्ता भएका शाहीको खोजी कार्य स्थानीय र प्रहरीले शनिवार बेलुकादेखिनै सुरु गरेका थिए ।

    जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी गोविन्द्रप्रसाद चौधरीका अनुसार शाहीको शव घटनास्थलभन्दा २५ मिटर तल भेटिएको हो । उनी कक्षा १२ मा अध्ययनरत थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय