logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

भक्तपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

भक्तपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु


  • शुक्रबार, फाल्गुन २ २०८१

  • काठमाडौँ । भक्तपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७२ वर्षीया केकई मग्रराती मगर रहेकी छन् ।

    चाँगुनारायण नगरपालिका वडा नम्बर ३ कोल्पाकोटस्थित व्यासीबाट झौखेलतर्फ जाँदै गरेको प्रदेश ३–०१–००३ क ४६३७ नम्बरको निशान गाडीले सोही नगरपालिका वडा नम्बर ५ पिखेल बस्ने पैदलयात्री उनलाई ठक्कर दिएको थियो ।

    दुर्घटनामा गम्भीर घाइते उनको काठमाडौँ मेडिकन अस्पताल दुवाकोट मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।

    दुर्घटना गराउने चालक ५४ वर्षीय ईन्द्र नारायण सितखुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय