logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

धनगढीमा ड्युटीमा खटिएका प्रहरीलाई चक्कु प्रहार गर्न खोज्ने एक जना पक्राउ

धनगढीमा ड्युटीमा खटिएका प्रहरीलाई चक्कु प्रहार गर्न खोज्ने एक जना पक्राउ


  • बुधबार, माघ ३० २०८१

  • काठमाडौँ । कैलालीको धनगढीमा ड्युटीमा खटिएका प्रहरीलाई चक्कु प्रहार गर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१४ फुलबारी घर भएका टेक टामाटा छन् ।

    ३६ वर्षीय टमाटाले बिहीबार साँझ धनगढी उपमहानगरपालिका–३ स्थित ट्राफिक चोकमा मापसे गरेर सड्कमा हल्ला गर्दै ड्युटीको प्रहरीलाई चक्कु प्रहार गर्ने प्रयास गरेका हुन् । आरोपीलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कविन्द्र बोहराले रातोपाटीलाई बताए । प्रहरीले उनको साथबाट चक्कु बरामद गरेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय