logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नेपाल अडिटर्स एसोसिएसनको सातौँ महाधिवेशनको मिति तोकियो

नेपाल अडिटर्स एसोसिएसनको सातौँ महाधिवेशनको मिति तोकियो


  • मंगलबार, माघ २९ २०८१

  • काठमाडौँ । नेपाल अडिटर्स एशोसिएसन अडानको सातौँ राष्ट्रिय महाधिवेशन आउँदो जेठ १६ र १७ गते काठमाडौँमा हुने भएको छ ।

    अडानका अध्यक्ष केदारनाथ पौडेलको अध्यक्षतामा छैटौँ राष्ट्रिय महाधिवेशनपछिको बाइसौँ सचिवालयको पूर्ण बैठकले मिति तय गरेको हो ।

    बैठकमा संस्थाका निवर्तमान अध्यक्ष एवं सल्लाहकार समितिका संयोजक श्री मोहनराज रेग्मी, पदाधिकारी एवं सचिवालय सदस्यको उपस्थिति रहेको थियो ।

    बैठकमा महासचिव प्रेमबहादुर श्रेष्ठले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष श्री बलराम चौधरीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमाथि व्यापक छलफल गरी सुझावसहित पारित गरेको जनाएको छ।

    साथै सातौँ जिल्ला तथा प्रदेश अधिवेशनको मिति तोकिएको छ । चैत्र १० भित्र जिल्ला र वैशाख १० भित्र प्रदेश अधिवेशन गर्न सम्पूर्ण जिल्ला तथा प्रदेश कार्य समितिलाई समयसीमा दिइएको छ ।

    जेठ १६ र १७ गते हुने भनिएको महाधिवेशनका लागि चैत १५ गते काठमाडौँमा केन्द्रीय कार्य समितिको बैठक पनि आह्वान गरिएको छ । अधिवेशनको तयारीमा जुट्न अडानका सबै केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी तथा सदस्यहरूलाई भनिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय