logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सरकारले ल्याएका अध्यादेश स्वीकृतका लागि प्रतिनिधि सभामा प्रस्तुत गरिने

सरकारले ल्याएका अध्यादेश स्वीकृतका लागि प्रतिनिधि सभामा प्रस्तुत गरिने


  • बुधबार, माघ २३ २०८१

  • काठमाडौँ । बिहीबारको प्रतिनिधि सभा बैठकमा संसद्को अधिवेशन नहुँदा सरकारले ल्याएका ६ वटा अध्यादेश स्वीकृतका लागि प्रस्तुत गर्ने भएको छ । उक्त प्रस्तावमाथि अस्वीकार प्रस्ताव राखेका सांसदहरूमध्येबाट एक जनाले ५ मिनेटमा प्रस्ताव राख्ने र अन्य सांसदले तीन मिनेट आफ्नो धारणा राख्ने सहमति जुटेको छ ।

    सभामुख देवराज घिमिरेले ५ दलका सचेतकहरूसँग राखेको छलफल पश्चात् जानकारी दिँदै कानुनमन्त्री अजय चौरासियाले उक्त कुरा बताए ।

    ‘यसको पक्ष विपक्षमा भोलिनै मतदान हुन्छ‚’ उनले भने ।

    साथै भोलिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने पनि उनले जानकारी दिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय