logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

८ दलीय मोर्चाको कार्यदलमा नाउपाले राख्यो आफ्नो एजेन्डा

८ दलीय मोर्चाको कार्यदलमा नाउपाले राख्यो आफ्नो एजेन्डा


  • सोमबार, माघ २१ २०८१

  • काठमाडौँ । मधेस केन्द्रित ८ दलीय मोर्चाको कार्यदलमा नागरिक उन्मुक्ति पार्टी नाउपाले आफ्नो एजेन्डाबारे जानकारी गराएको छ ।

    सिंहदरबारमा सोमबार बसेको कार्यदल बैठकमा नागरिक उन्मुक्तिले टिकापुर घटनामा राज्य पूर्वाग्रही देखिएको र झुटा मुद्दा लगाउने काम भएको विषय विषय मोर्चाको एजेन्डामा राख्न अनुरोध गरेको थियो ।

    त्यस्तै लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरिएको विषयलाई पनि मोर्चाले आफ्नो एजेन्डा बनाउन आग्रह गरिएको नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले जानकारी दिए ।

    बैठकमा अध्यादेशको विषय, मोर्चाको नाम लगायतका विषयमा पनि छलफल भएको उनले बताए ।

    मधेस केन्द्रित ८ राजनीतिक दलले सहकार्यको वातावरण निर्माण गर्न र मोर्चालाई बलियो बनाउन कार्यदल गठन गरेको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय