logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्रधानमन्त्रीसँगको भेटपछि निर्माण व्यवसायीको आन्दोलन स्थगित

प्रधानमन्त्रीसँगको भेटपछि निर्माण व्यवसायीको आन्दोलन स्थगित


  • बिहिबार, माघ १७ २०८१

  • काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले शुक्रबारदेखि सुरु गर्ने भनेको आन्दोलन तत्कालका लागि स्थगित गरेको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र महासंघका प्रतिनिधिमण्डलबिच भएको भेटपछि आन्दोलन स्थगित गरिएको हो ।

    प्रधानमन्त्रीसँग छलफलका क्रममा महासंघका मागहरू सम्बोधन गर्नका लागि प्रधानमन्त्रीबाट एक कार्यदल गठन गर्न निर्देशन भई सकारात्मक रूपमा उक्त छलफल टुङ्गिएकाले तत्कालका लागि महासंघबाट घोषित आन्दोलनका पूर्व घोषित सबै कार्यक्रमहरू स्थगित गरिएको महासचिव रोशन दाहालले जानकारी दिए ।

    गत पुस २७ गते राष्ट्रिय भेला आयोजना गरी महासंघले १४ बुँदे मागसहित आन्दोलनको घोषणा गरेको थियो । आन्दोलनको पूर्व निर्धारित कार्यक्रमअनुसार माघ १५ को अल्टिमेटमसहित प्रदेश निर्माण व्यवसायी महासंघहरूले सम्बन्धित प्रदेशका मुख्यमन्त्री तथा जिल्ला निर्माण व्यवसायी संघहरूले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू समक्ष ज्ञापनपत्र पेस पनि गरेको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय