logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

आलोकनगरमा समाजवादी मोर्चाको बैठक

आलोकनगरमा समाजवादी मोर्चाको बैठक


  • बुधबार, माघ १६ २०८१

  • काठमाडौँ । चार दलीय समाजवादी मोर्चाको बैठक बसिरहेको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा विगतमा मोर्चाले गरेका काम कारबाही र भावी कार्यक्रमबारे छलफल भइरहेको बुझिएको छ ।

    यसअघि नेकपाका नेता खड्गबहादुर विश्वकर्मा, माओवादी केन्द्रका देव गुरुङ, नेकपा एकीकृत समाजवादीका प्रमेश हमाल र नेसपाका गंगा श्रेष्ठ रहेको कार्यदललाई विगतको समीक्षा र भावी योजना बनाउन कार्यदेश दिइएको थियो ।

    गत साउन १ गते १५ दिनको समयभित्र प्रतिवेदन बनाएर बुझाउन कार्यदललाई भनिएको थियो । तर उक्त समयसीमा पार भएको ६ महिना हुन लाग्दा पनि कार्यदलले प्रतिवेदन बुझाउन सकेको थिएन ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय