logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

ट्रम्पको आदेश पालना गर्दै गुगल, गल्फ अफ मेक्सिको अब गल्फ अफ अमेरिका

ट्रम्पको आदेश पालना गर्दै गुगल, गल्फ अफ मेक्सिको अब गल्फ अफ अमेरिका


  • बुधबार, माघ १६ २०८१

  • न्युयोर्क । गुगलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशलाई पालना गर्दै चाँडै नै गल्फ अफ मेक्सिकोलाई गल्फ अफ अमेरिका नामकरण गर्ने भएको छ । यो परिवर्तन चाँडै नै गुगल म्यापमा लागु हुने भएको हो ।

    सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै सरकारको आधिकारिक स्रोतमा गरिने नामहरूको परिवर्तनलाई लागु गर्ने यसअघिको अभ्यासलाई नै निरन्तरता दिइएको बताएको छ । सरकारी तथ्याङ्क राख्ने जियोग्राफिक नेम्स इन्फर्मेसन सिस्टममा यो परिवर्तन लागु भएपछि गुगलमा पनि त्यही अनुसार लागु गरिने कम्पनीले बताएको छ ।

    गुगलले सबैभन्दा अग्लो चुचुरो माउन्ट मेकिन्लीको नाम पनि परिवर्तन गर्ने भएको छ । पूर्वराष्ट्रपति बाराक ओबामाले आलास्काको यस चुचुरोको नाम सन् २०१५ मा डेनालीमा परिवर्तन गरेका थिए ।

    गुगलको घोषणापछि मेक्सिकोले भने यस निर्णयको मजाक उडाइरहेका छन् । मंगलबार मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबाउमले गुगलको कदमलाई बेवास्ता गर्दै यो केवल अमेरिकामा लागु हुने र आफ्नो देशले यसलाई नमान्ने स्पष्ट पारिन् ।

    ‘गल्फ अफ मेक्सिको गल्फ अफ मेक्सिको नै रहनेछ,’ उनले भनिन् । देशका आम मानिसहरूले पनि सामाजिक सञ्जालमा यस्तै प्रतिक्रियाहरू दिइरहेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय