logo

शुक्रबार, कार्तिक १४ २०८३

logo

शुक्रबार, कार्तिक १४ २०८३

सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै

सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै


  • आइतबार, माघ १३ २०८१

  • काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्को आसन्न अधिवेशनको तयारी सन्दर्भमा राजनीतिक दलका प्रमुख तथा मुख्य सचेतकहरूसँग छलफल गर्ने भएका छन् ।

    आज बिहान ११ बजे सत्तापक्षका मुख्य तथा प्रमुख सचेतकसँग छलफल हुने भएको छ । आजै दिउँसो २ बजे प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गर्ने कार्यतालिका छ ।

    भोलि बिहान ११ बजे प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग सिंहदरबारमा छलफल हुनेछ भने मंगलबार दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा तय गरिएको छ ।

    विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले अलग–अलग संवाद पनि गरिरहेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय