logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्राचीन सम्पदाहरूलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरी आर्थिक समृद्धिमा जोड्नुपर्छः मुख्यमन्त्री लामा

प्राचीन सम्पदाहरूलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरी आर्थिक समृद्धिमा जोड्नुपर्छः मुख्यमन्त्री लामा


  • बिहिबार, माघ १० २०८१

  • मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्राचीन सम्पदाहरूलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरी आर्थिक समृद्धिमा जोड्नुपर्ने बताएका छन् । बिहीबार ऐतिहासिक मकवानपुरगढीको २६२ विजय उत्सव समारोहलाई सम्बोधन गर्दै उनले पुरातात्त्विक महत्त्व बोकेका गढी तथा सम्पदाहरूलाई संरक्षण गर्दै नागरिकहरूको आयआर्जनमा जोड्न जरुरी रहेको बताएका हुन् ।

    मुख्यमन्त्री लामाले संरक्षण अभावमा इतिहास जोडिएको क्षेत्रहरू जीर्ण अवस्थामा पुगेको बताए । उनले इतिहासका अवयवहरूलाई व्यवस्थित रूपमा विकास र प्रवर्द्धन गर्नु जरुरी रहेको बताए । मकवानपुरगढीमा इतिहासबारे जानकारी दिने र आएका पर्यटकलाई भुल्याउने प्रकृतिका संरचनाहरू निर्माण गरेर नागरिकहरूको जीवनस्तरमा जोड्नु अहिलेको आवश्यकता रहेको उनले औँल्याए । प्रदेशको उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा मकवानपुरगढी दरबार क्षेत्रको विकास तथा संरक्षणको वृहत् योजना बनाएर अघि बढ्नुपर्ने उनले बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय