logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

२५ प्रतिशतले संसद् बोलाउन पाइन्छ, बोलाउँछौंः अग्नि सापकोटा

२५ प्रतिशतले संसद् बोलाउन पाइन्छ, बोलाउँछौंः अग्नि सापकोटा


  • शनिबार, माघ ५ २०८१

  • काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारले संसद् नबोलाए आफूहरू केही दिनमै विशेष अधिवेशन बोलाउने बताएका छन् ।

    संघीय संसद्‌मा प्रतिनिधित्व गर्नेमध्ये २५ प्रतिशतले संसद् बोलाउन पाउने व्यवस्था संविधानमै भएको उल्लेख गर्दै पूर्वसभामुख समेत रहेका सापकोटाले यस्तो बताएका हुन् ।

    विपक्षी दलहरूले त्यसको तयारी गरिरहेको र सातवटै प्रदेशमा विशेष अधिवेशन बोलाउने पनि उनले जिकिर गरे ।

    ‘अब बानेश्वरमा ३२ जनाले आगो बाल्नेछन् । सबै विपक्षी मोर्चाहरूको बैठक तपाईंहरूले सुनिरहनु भएको छ, सदन बोलाएन भने,’ सापकोटाले भने, ‘संविधानमा व्यवस्था छ, २५ प्रतिशतले सदन बोलाउन पाइन्छ । अब हामी बोलाएनन् भने भोलि पर्सि नै सदन बोलाउनेछौं ।’

    सदन बोलाएको पहिलो दिन नै आफूहरूले आगो बाल्ने उनको दाबी थियो ।

    ‘हामीले सदन बोलाएपछि पहिलो दिन नै त्यहाँ आगो बल्नेछ । हाम्रो ३२ जनाले हेटौंडा, सुर्खेत, बुटवल, धनगढी, लगायत सातवटै प्रदेशमा आगो बल्नेछ,’ उनले भने ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय