logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

समाजवादी मोर्चासँग सहकार्यको सम्भावना छैनः उपेन्द्र यादव

समाजवादी मोर्चासँग सहकार्यको सम्भावना छैनः उपेन्द्र यादव


  • शनिबार, माघ ५ २०८१

  • काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी मोर्चासँग सहकार्यको सम्भावना नरहेको बताएका छन् । बलिदान दिवसका अवसरमा शनिबार लहानमा शहीदको प्रतिमामा माल्यापर्णपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

    ‘अहिलेको अवस्थामा सहकार्य हुँदैन । जोसँग सहकार्य गरेको छ उसैलाई पिँठ्यूमा छुरा रोप्ने र राज्य शक्तिको प्रयोग गरेर पार्टी विभाजन गर्ने नेता किन्न भएपछि कुनै विश्वास छैन,’ यादवले भनेका छन् ।

    समाजवादी मोर्चा सक्रिय बनाउन लागे पनि आफू तत्काल सहभागी हुने सोचमा नरहेको उनको भनाइ छ ।

    अध्यक्ष यादवले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन मधेश आन्दोलनको पनि भूमिका रहेको जिकिर गरे ।

    पछिल्लो समाजवादी मोर्चा सक्रिय बनाउन भन्दै नेताहरू छलफलमा जुटेका छन् । ४ असार २०८० मा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (नेपाल) र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा बनाएका थिए ।

    उपेन्द्र भने मोर्चामा निष्क्रिय छन् । मोर्चामा सक्रिय बनाउन उपेन्द्रलाई मनाउने जिम्मा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले लिएका थिए ।

    नेपालले यादवसँग छलफल अघि बढाए पनि सकारात्मक परिणाम आउन सकेको छैन ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय