logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

५० हजार धरौटीमा छुटे डा. निकोलस भुसाल

५० हजार धरौटीमा छुटे डा. निकोलस भुसाल


  • शुक्रबार, माघ ४ २०८१

  • पोखरा । विद्युतीय कारोबार सम्बन्धी ऐनको कसुरमा पक्राउ परेका डा. निकोलस भुसाल धरौटीमा छुटेका छन् । रवि लामिछानेको कास्की प्रहरी हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

    तत्कालीन समयमा उनलाई हिरासतमा राख्न अदालतले इन्कारी आदेश दिएको थियो । त्यसपछि हाजिर जमानीमा छुटेका उनी विरुद्द विहिबार कास्की अदालतमा मुद्दा दर्ता भएपछि थुनछेक बहस चलेको थियो ।

    दुई दिनसम्म बहस भएपछि उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिइएको हो । न्यायाधीश शंकरबहादुर राईको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय