logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली


  • सोमबार, पुष २९ २०८१

  • काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा कंगोमा शान्ति स्थापना कार्यमा खटिएका नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ ।

    जसअनुसार मिसनमा तैनाथ महावीर शौर्य गण ३० औं डफ्फा र केवलजंग गुल्म तेश्रो डफ्फालाई बदली गर्नको लागि चण्डीदल गण ३१ औं डफ्फा र भीमकाली गुल्म चौथो डफ्फाका १८८ जना नेपाली शान्ति सैनिकहरुको पहिलो टोली प्रमुख सेनानी अच्युत घिमिरेको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टड बिमानद्वारा आइतबार मिसन इलाका प्रस्थान गरेको छ ।

    त्यस्तै, सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी १८८ जना नेपाली शान्ति सैनिकहरु सेनानी देवेन्द्र खत्रीको नेतृत्वमा आइतबारगते नै स्वदेश फिर्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    हाल मिसन कंगोमा १ हजार १५१ जना नेपाली शान्ति सैनिकहरु कार्यरत छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय